Thursday, March 23, 2023

नेपालको राजनीतिज्ञहरुमध्ये केपी ओली पहिचानको सबभन्दा कट्टर विरोधी

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपी ओलीको सरकारमा गएकाहरुले फेरि पनि आदिवासी जनजाति, मधेसी तथा उत्पीडित समुदायलाई अलमल्याउने कुरा गरिरहेको बताएका छन् । तर, उनीहरुका कुरा वाहियात र हास्यास्पद रहेको नेता राईको भनाइ छ ।

जसपाको लिम्बुवान राष्ट्रिय समितिले गत शनिबार आयोजना गरेको जुम भिडियो अन्तरक्रियामा नेता राईले आफूले जानेबुझे अनुसार नेपालको राजनीतिज्ञहरुमध्ये केपी ओली पहिचानको सबभन्दा कट्टर विरोधी रहेको बताए ।

‘उहाँ नेपालका राजनीतिज्ञहरुमध्ये मैले जानेबुझेसम्म पहिचानको सबभन्दा विरोधी, कट्टर विरोधी मान्छे हो,’ नेता राईले भने, ‘उहाँसँग गएर केही नेताहरु जसलाई हामीले पार्टीगत हिसाबले केपी ओलीलाई कुनै किसिमले सहयोग नगर्ने, जसले सहयोग गर्छ वा जो उसको सरकारमा सामेल हुन्छ उनीहरु स्वतः पार्टीको सदस्यताबाट निस्कासित हुने अवस्था हुनेछ भनेर निर्णय गरिसकेका थियौं, त्यो निर्णयको जानकारी उनीहरुलाई छ, त्यो परिपत्रमा पनि प्रस्तुत गरिसकेको कुरा छ । तर त्यसपछि पनि पदप्रति, प्रतिष्ठाप्रति, लाभप्रति, अवसरप्रति आशक्त भएर जो गएका छन्, ती साथीहरुले फेरि पनि आदिवासी जनजाति, मधेसी आदि उत्पीडित समुदायलाई अलमल्याउने ढंगले कुराहरु गरेको देख्छु सुन्छु, त्यो वाहियात र हास्सस्पद कुरा हो ।’

उनले केपी ओलीबाट पहिचान प्राप्त हुन्छ भन्ने अपेक्षा राख्नु मुर्खताको सिमा नाघ्नु रहेको बताए ।

‘काली ज्यामिर रोपेर सुन्तला कहाँ फल्छ ?,’ नेता राईले भने, ‘केपी ओलीजीबाट पहिचान प्राप्त हुन्छ भन्ने अपेक्षा राख्नुभन्दा अर्को मुर्खताको सिमा नै हुँदैन ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्