प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, १७ महिना सरकार चलाउने

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मतकाे प्रस्तावमा देउवाकाे पक्षमा १६५ मत परेकाे छ । विपक्षमा ८३ मत मात्रै परेको छ । १ मत तटस्थ रहेकाे छ ।

प्रतिनिधि सभामा २४९ जना सांसद उपस्थित थिए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपाका दुवै समूह र नेकपा एमालेका दुबै समूहका केही सांसदहरुले मत दिएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा भएको मतदानपछि देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका छन् ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही नेताले देउवालाई मत दिएका थिए ।

केपी ओली पक्षका सांसदहरु प्रेस आले र किसान श्रेष्ठ लगायतले पार्टीकाे निर्णयविपरीत देउवाको पक्षमा मतदान गरेका थिए ।

राजतन्त्र र हिन्दुराज्यकाे एजेन्डा बाेक्ने एक मात्र सांसद रहेकाे राप्रपा तटस्थ बनेकाे हाे । एक जना सांसद भएकाे राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेकाे छ ।

नारायणमान बिजुक्छे नेतृत्वकाे नेमकिपाले भने विपक्षमा मतदान गरेको छ ।

प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै देउवा सरकारकाे कार्यकाल १७ महिना निश्चित भएकाे छ ।

यसबीचमा देउवा नेतृत्वकाे सरकारमाथि काेराेना महामारीले तहस नहस पारेको अर्थतन्त्रलाई लयमा फर्काउने, सबै जनतालाई खोपको व्यवस्था गर्ने र स्थानीय, प्रदेश र संघ तीनवटै तहकाे निर्वाचन गराउने जिम्मेदारी परेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्