Thursday, September 28, 2023

गण्डकी प्रदेशमा सुज अभियान प्रभावकारी बनाउन सचिवालय गठन

जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)लाई प्रभावकारी एवम् व्यवस्थित बनाउन ११ सदस्यीय सचिवालय गठन गरेकाे छ ।

आइतबार पाेखरामा आयाेजित गण्डकी प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुकाे बैठकले कार्यकारिणी सदस्य हिसिला यमीकाे संयाेजकत्वमा सचिवालय गठन गरेकाे हाे ।

जसमा कार्यकारिणी सदस्य शिवलाल थापा मगर, प्रदेश इन्चार्ज गणेशमान गुरुङ, तमुवान राष्ट्रिय समितिका इन्चार्ज रुद्रबहादुर गुरुङ, केन्द्रीय सदस्यहरु मोती रिजाल, राजन केसी, नरमाया ढकाल, शम्भु खाती र देवबहादुर दुरा सदस्य छन् ।

सचिवालयमा मगरात राष्ट्रिय समितिबाट दुई जना सदस्य थपिने बैठककाे निर्णय छ ।

यसैगरी सुज अभियानकाे जिल्ला संयोजनका लागि कास्कीमा धनप्रसाद तामाङ, गाेरखामा ज्ञानेन्द्र कुमाल, नवलपुरमा मोती रिजाल, तनहुँमा शिवलाल थापा मगर, स्याङ्जामा नरमाया ढकाल, बाग्लुङमा यमबहादुर घर्ती, पर्वतमा देविराज गुरुङ, लमजुङ र मनाङमा राजु थापा, खेमजङ्ग गुरुङ र देवबहादुर दुरालाई जिम्मेवारी दिइएकाे छ ।

म्याग्दी र मुस्ताङमा भने सचिवालयले नै संयोजन गर्नेछ ।

जिल्लामा आगामी असोज ७ गतेभित्र संयोजन र १५ गतेभित्र अभिमुखीकरण कार्यक्रम गरिनेछ ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्