सालोपाका उपाध्यक्ष र लिम्बुवानका सचिव जनमुक्तिमा प्रवेश

सामाजिक लोकतान्त्रिक पार्टीका उपाध्यक्ष मानबहादुर राई र संघीय लिम्बुवान पार्टीका सचिव गजेन्द्र आङ्बुहाङ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

उपाध्यक्ष राई र सचिव आङ्बुहाङ शुक्रबार प्रदेश नं १ को धरानमा आयोजित राष्ट्रिय जनमुक्तिको १२औं संघीय परिषद्को बैठकमै पार्टी प्रवेश गरेका हुन् ।

जनमुक्तिको सचिव बलदीप प्रभाश्वर चाम्लिङले राई र आङ्बुहाङ आफूहरुको पार्टीमा प्रवेश गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् ।

आदिवासीवादलाई राजनीतिक दर्शन बनाउनुपर्ने बताउँदै आएका राई केही समयअघि मात्रै सामाजिक लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए । सोअघि उनी किरात पार्टीका नेता थिए ।

राई र आङ्बुहाङसँगै सामाजिक लोकतान्त्रिक पार्टीका सदस्य राजेश खिम्दुङ र दलित श्रमिक मोर्चाका पूर्वमहासचिव रविन्द्र सुनार पनि राष्ट्रिय जनमुक्तिमा प्रवेश गरेको नेता चाम्लिङले जनाएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्