जसपा किरात राष्ट्रिय समितिको अध्यक्षमा रमेश राई

जनता समाजवादी पार्टीअन्तर्गत किरात राष्ट्रिय समितिको अध्यक्षमा रमेश राई (शरणकुमार राई) चयन भएका छन् ।

शनिबार उदयपुरको गाईघाटमा आयोजित ‘संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) तथा किरात राष्ट्रिय समिति समायोजन कार्यक्रम’ मा रमेश राईको अध्यक्षतामा ८१ सदस्यीय किरात राष्ट्रिय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा पदमबहादुर राई (सुनसरी), प्रेमकुमार राई (खोटाङ), विरेश थापा (सुनसरी), विना राई (सुनसरी) र रेनुका मगर (उदयपुर) चयन भएका छन् ।

मुख्यसचिवमा मेम चाम्लिङ (सुनसरी) छन् भने सचिवहरुमा प्रसन्न राई (भोजपुर), मानभगत चाम्लिङ (सुनसरी) र गोपाल राई (उदयपुर) चयन भएका छन् ।

कोषाध्यक्षमा नेत्रबहादुर नेम्वाङ (ओखलढुंगा) चयन भएका छन् ।

विधान विपरीत

गाईघाटको कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा किरात राष्ट्रिय समिति पुनर्गठन गरिए पनि उक्त कार्य जसपाको विधान र समायाेजन निर्देशिकाविपरीत रहेको छ ।

जसपाको विधानको धारा ५९ र समायोजन निर्देशिकाको बुँदा नं १.५ र १.७ मा ‘एक व्यक्ति एक पद’को व्यवस्था गरिएको छ ।

जसमा पदेनबाहेक पार्टीको माथिल्लो समितिका व्यक्तिहरु तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरु माथिल्लो समितिमा बस्न नपाउने उल्लेख छ ।

दुई तहको समितिमा भएकाहरुले कुनै एक तहको पदमात्र रोज्नुपर्नेछ ।

समितिको अध्यक्षमा चयन भएका रमेश राई जसपाको केन्द्रीय सदस्य पनि हुन् । विधानतः उनी पार्टीको तल्लो तहको समितिको रुपमा रहेको किरात राष्ट्रिय समितिमा बस्न नमिल्ने हो ।

तर, जसपाका वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य हेमराज राईलगायत नेताहरु सहभागी भएको कार्यक्रमबाटै राईलाई अध्यक्ष चयन गरिएकाे हाे ।

कार्यक्रममा सहभागी भएका जसपाका केन्द्रीय सदस्य सनबहादुर राईले अहिले आफूहरु पार्टी निर्माणकै क्रममा रहेकाेले विधान अनुसार गर्न नसकिएको बताए ।

उनले पछि विधानको धारा ५९ कडा रुपमा कार्यान्वयन गर्न पार्टीले परिपत्र जारी गरे सोही अनुसार जिम्मेवारी हेरफेर गर्ने सर्तमा रमेश राईलाई अध्यक्ष बनाइएको बताए ।

सोही कार्यक्रममा केशव मगरको अध्यक्षतामा १०३ सदस्यीय उदयपुर जिल्ला समन्वय समितिसमेत पुनर्गठन गरिएको छ ।

सो क्रममा नेपाली कांग्रेसको भोजपुर जिल्लास्थित साल्पा सिलिचो गाउँपालिका समितिका सचिव सहितका कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्