दक्षिण कोरियाकाे समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेनिकट प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको समानान्तर कमिटीको रुपमा रहेको प्रवासी नेपाली मञ्च एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।

आइतबार जुम भर्चुअल माध्यमबाट घोषणासभा आयोजना गरी समाहित भएको घोषणा गरिएकाे हाे ।

जसमा संगठनकाे नाम पनि प्रवासी नेपाली मञ्चबाट परिवर्तन गरी प्रवासी नेपाली एकता मञ्च बनाइएको छ ।

संगठनकाे अध्यक्षमा शुभराज भोम्जन र महासचिवमा राजकुमार राई (राजु)लाई नै निरन्तरता दिइएको छ ।

त्यसैगरी उपाध्यक्षमा रमेश थापा मगर, दशरथ कुँवर, सुर्य रुम्बा, सचिवमा जगदिश घरडी, अवदेशराज चौरासिया, अनिता रुम्बा, चयन हुनुका साथै अनुशासन विभाग प्रमुखमा उमेश कुँवर, आर्थिक बिभाग प्रमुखमा जगत वाइबा, प्रचार बिभाग प्रमुखमा अमीर योन्जन र युवा बिभाग प्रमुखमा घनश्याम अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यहरुमा झलक क्षेत्री, कबिराज गिरी, सुरेश गिरी, ज्ञानेन्द्र थापा क्षेत्री, सन्देश राई, बिरचन्द्र कुलुङ राई, धनराज राई , सुमित्रा घिसिङ, सन्तोश साह, युवराज राई, सुरज थिङ, जयराम रिमाल, बिमल देबकोटा र खानिमाया सुनुवारलाई चयन गरिएको छ ।

सल्लाहकारमा प्रबिन पौडेल र जितबहादुर सारु मगर (रोयल) लाई चयन गरिएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् बिदेश बिभाग इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्यता रहनुका साथै नेत्री रामकुमारी झाँक्रीको विशेष आतिथ्यता रहेको थियो ।

घोषणासभामा एमालेनिकट प्रवासी नेपाली मञ्च र विभिन्न संघसंस्थामा कृयाशील सामाजिक व्यक्तिहरु एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

अध्यक्ष चुनिएपश्चात शुभराज भोम्जनले संगठनमा सबैलाई उचित जिम्मेवारी दिएर अगाडि बढ्ने र राजनीतिक एजेण्डासँगै कोरियाली नेपाली समाजको समस्याहरुलाई पहिचान गरी समाधान गर्ने दिशामा अघि बढ्ने प्रतिवद्धता जनाए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्