राष्ट्रिय जनमुक्ति पार्टीको छैटौँ महाधिवेशन गत भदौ २६, २७ र २८ मा प्रदेश नं १ को धरानमा सम्पन्न भएको छ ।

महाधिवेशनले केपी पालुङ्वाको अध्यक्षतामा २४ पदाधिकारीसहित ५५ सदस्यीय नयाँ समिति चयन गरेको छ । पालुङ्वा यसअघि पनि अध्यक्ष थिए ।

बहुराष्ट्रिय लोकतन्त्र, समाजवाद र देशभक्तिलाई मुल राजनीतिक दर्शन मानेको जनमुक्तिले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो ।

तर, नेताहरुको पद र हैसियत मिलाउनका लागि जनमुक्ति पनि बहुअध्यक्षीय प्रणालीमा जान बाध्य भएको छ ।

जनमुक्तिले दुई जना अध्यक्ष बनाएको छ । जसमा पालुङ्वा अध्यक्ष छन् भने केशव सुर्यवंशी कार्यकारी अध्यक्ष छन् ।

वरिष्ठ उपाध्यक्ष पनि दुई जनालाई बनाइएको छ भने थप ९ जनालाई उपाध्यक्ष बनाइएको छ ।

कमला थापा र मोहन धिमाल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन् ।

जम्मा उपाध्यक्षहरु ११ जना छन् । महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सचिवहरुमा पाँच जना छन् ।

कोषाध्यक्षमा मात्र एक जना छन् । जसमा मानबहादुर राई छन् । उनी महाविधेशनमै सामाजिक लाेकतान्त्रिक पार्टी परित्याग गरी जनमुक्तिमा प्रवेश गरेका थिए ।

पदाधिकारी तथा सदस्यहरुकाे नामावलीः

१) अध्यक्ष- केपी पालुङ्वा (सुनसरी)
२) कार्यकारी अध्यक्ष- केशव सुर्यवंशी (रूपन्देही)
३) वरिष्ठ उपाध्यक्ष- कमला थापा (रूपन्देही)
४) वरिष्ठ उपाध्यक्ष- माेहन धिमाल (झापा)
५) उपाध्यक्ष- हाेमाया गुरूङ (रूपन्देही)
६) उपाध्यक्ष- बलदीप राई (उदयपुर)
७) उपाध्यक्ष- भिमबहादुर राना (रूपन्देही)
समावेशीतर्फबाट उपाध्यक्ष
८) उपाध्यक्ष- हाजी माेहमत हसन (रूपन्देही)
९) उपाध्यक्ष- रविन्द्र उच्च नेपाली (दाङ)
१०) उपाध्यक्ष- प्रकाश यङ्देन (ताप्लेजुङ)
११) उपाध्यक्ष- मन्धरी आले (तनहुँ)
१२) उपाध्यक्ष- मनिराम चाैलागाई (कैलाली)
१३) उपाध्यक्ष- रविन्द्र सुनार (कन्चनपुर)
१४) महासचिव- टाेप अस्लामी (पाल्पा)
१५) महासचिव- रामु परियार (रूपन्देही)
१६) महासचिव- पदम जबेगु (झापा)
१७) उपमहासचिव- गंगा खासु (काठमाडाैँ)
१८) उपमहासचिव- विष्णु थाम्देन (तेह्रथुम)
१९) सचिव- शर्मिला महरा (धनुषा)
२०) सचिव- गीता सारु (रूपन्देही)
२१) सचिव- गजेन्द्र आङवुहाङ (ताप्लेजुङ)
२२) सचिव- ज्ञानबहादुर सलामी (रूपन्देही)
२३) सचिव- मोजीव अली (रूपन्देही)
२४) काेषाध्यक्ष- मानबहादुर राई (काठमाडाैँ)
२५) सदस्य- मनकुमारी पाइजा (पर्वत)
२६) सदस्य- हुमबहादुर थापा (पाल्पा)
२७) सदस्य- अग्निप्रसाद तुम्बापो (पाँचथर)
२८) सदस्य- गोकर्ण राई (खोटाङ)
२९) सदस्य- मोहनप्रसाद तिमिल्सिना (धनुषा)
३०) सदस्य- गजेन्द्र पासवान (सप्तरी)
३१) सदस्य- बालकिशोर राना (पाल्पा)
३२) सदस्य- बलबहादुर थापा (पर्वत)
३३) सदस्य- सिंहबहादुर थापा (नवलपरासी सुस्तापश्चिम)
३४) सदस्य- उत्तम आले मगर (कपिलवस्तु)
३५) सदस्य- लुमबहादुर थापा (गुल्मी)
३६) सदस्य- चन्दा थापा (गुल्मी)
३७) सदस्य- मधु राना (रुपन्देही)
३८) सदस्य- धनी आले (रुपन्देही)
३९) सदस्य- विमला गुरुङ (रुपन्देही)
४०) सदस्य- कल्पना पुन (नवलपरासी सुस्तापश्चिम)
४१) सदस्य- मिनमाया थापा (नवलपरासी सुस्तापश्चिम)
४२) सदस्य- पवित्रा तुम्बाहाम्फे (इलाम)
४३) सदस्य- आगरदेवी राम (सिराहा)
४४) सदस्य- इन्द्रप्रसाद आङ्देङवे (इलाम)
४५) सदस्य- राजेन्द्र खिम्दुङ (भोजपुर)
४६) सदस्य- हफिजुल्लाह अन्सारी (रुपन्देही)
४७) सदस्य- राम इक्बाल मण्डल (महोत्तरी)
४८) सदस्य- धनबहादुर गुरुङ (नवलपरासी सुस्तापूर्व)
४९) सदस्य- विरेन्द्र पालुङ्वा (सुनसरी)
५०) सदस्य- सम्साद अन्सारी (नवलपरासी सुस्तापश्चिम)
५१) सदस्य- खड्गबहादुर साम्बाहाम्फे (झापा)
५२) सदस्य- प्रदीप थापा (काठमाडौँ)
५३) सदस्य- राजकुमार मोक्तान (महोत्तरी)
५४) सदस्य- धनराज विक (दाङ)
५५) सदस्य- प्रेमबहादुर मल्ल (मुगु)

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here