प्रदेश १ काे नाम किरात राख्नुपर्छ, एमालेले नसघाए जनताले चुनावमा मूल्याङ्कन गर्छ

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश १ को नाम पहिचानको आधारमा ‘किरात प्रदेश’ हुनुपर्ने बताएका छन् ।

बिहीबार सुनसरीकाे बराहक्षेत्र नडाहमा आयाेजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनकाे १३७औं जन्मजयन्ती समाराेह समुद्घाटन तथा शालिक अनावरण कार्यक्रममा मन्त्री आङ्बाेले साे कुरा बताएका हुन् ।

उनले प्रदेश १ काे नाम किरात राख्नुपर्ने पहिल्यैदेखि बताउँदै आएका छन् । उनले किरात प्रदेश नाम राख्नका लागि सहयाेग गर्न नेकपा एमालेसँग आग्रह पनि गरे ।

एमाले अध्यक्ष केपी ओलीकाे विराेधकै कारण पहिचानकाे आधारमा प्रदेशकाे नामकरण हुन नसकेकाे जिकिर गर्दै उनले पहिचानकाे आधारमा प्रदेश नामकरणमा सहयाेग नगरे चुनावमा जनताले एमालेकाे मूल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले प्रदेश १ काे नाम किरात लिम्बुवान राख्नुपर्ने बताइन् ।

आङ्बाे नेकपा माओवादी केन्द्रका नेता हुन् भने तुम्बाहाम्फे संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकी नेत्री हुन् ।

बराहक्षेत्रकाे नडाहस्थित किरातेश्वर हाङसाम युमा माङहिम प्राङ्गणमा किरात धर्मगुरु आत्मनन्द लिङ्देनको विशेष उपस्थितिमा १३७औं फाल्गुनन्द जन्मजयन्ती मनाइएको हो ।

धर्मगुरु आत्मनन्द लिङ्देनले माङहिम परिसरमा निर्मित दुई भव्य माङ्हिम उद्घाटन गरेका छन् । उनले माङ्हिम परिसरमा निर्माण गरिएको महागुरु फाल्गुनन्द लिङ्देनकाे पूर्णकदको शालिक समेत अनावरण गरेका छन् ।

साे क्रममा उनले आफू राजनीतिक दाउपेच नजान्ने भन्दै प्रदेशको नामाकरणकाे विषयमा ‘किरात सगरमाथा ‘ राख्दा कसैलाई आपत्ति नहुने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. नाम जातकाे नाम बाट राख्ने हाे भने जातियता काे नाममा राजनिति भयाे त्याकाे वातावरण सुहायदाे हुनुपर्छ
    जस्तै सगरमाथा, काेसि विश्व सामु परिचित सगरमाथा नामकरण गर्नु बुद्दिमता हाे जातकाे नाममा नामकरण जनतिय राजनितिकाे नमुना मात्र हाे

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्