प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश नं १ काे नाम किरात हुने बताएका छन् ।
प्रदेश १ मा किरात वंशकाे बाहुल्यता रहेकाेले प्रदेशकाे नाम किरात नै हुने उनले बताएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल प्रदेश नं १ काे संसदीय दलकाे नेता समेत रहेका यादवले प्रदेशसभाले बहुमतकाे आधारमा प्रदेशकाे नाम किरात राख्ने बताएका हुन् ।
केही दिनअघि इलामकाे माङसेबुङ गाउँपालिकामा आयाेजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।
उनले संविधान संशाेधन गर्नुपर्ने आफूहरुकाे माग जारी रहे पनि हाल संविधानसभाबाट निर्मित संविधान र अहिलेकाे सात प्रदेशकाे संरचनालाइ नै बलियाे बनाउनुपर्ने बताए ।