‘यज्ञ पुराण गर्न नदिने माओवादीको निर्णय हिन्दु धर्मावलम्बीहरुका लागि सह्य छैन’

माओवादी पार्टी देशका लागि घातक !

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मोर्चाले शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी नेपालको मौलिक धर्म, संस्कृति र इतिहासलाई मेटाउन देशीविदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ ।

मोर्चाका संयोजक तारानाथ लुइटेलले बाइसे चौबिसे राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन चाहनेहरुलाई नछोड्ने चेतावनी दिए ।

उनले नेकपा माओवादीको भर्खरै सम्पन्न महाधिवेशनले वैदिक सनातन धर्मविरुद्ध आपत्तिजक निर्णय गरेको र त्यसलाई हिन्दु धर्मावलम्बीहरुका लागि सह्य नभएको बताए ।

उनले भने, ‘खबरदार प्रचण्ड, हामीलाई होम, पुराण, यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभीमानमाथि ठेस पुगेको छ । यसको दुस्परिणमको भागिदार हुन तयार हुनू ।’

अध्यक्ष लुइटेलले माओवादी महाधिवेशनमा कार्यकर्तालाई धर्म संस्कृतिविरुद्ध काशन गर्ने प्रचण्ड र उनको पार्टी देशका निम्ति घातक भएको बताए ।

मोर्चाका सहअध्यक्ष विष्णु भट्टराईले आजको स्वाधिन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएको जिकिर गरे ।

मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले अहिलेको सरकारलाई बहिरोको संज्ञा दिँदै भनिन्, ‘जनताले सडकबाट समेत बडामहाराजधिराज पृथ्वीनारणको सम्मानमा राष्ट्रिय एकता दिवसका दिन बिदा तथा जन्मजयन्ती उत्सवका रुपमा मनाउन माग गर्दा पनि सुन्दैन । बरु गौरवशाली इतिहास मेटाउन खेज्दैछन्, तिनीहरुलाई जनताले छाड्ने छैनन् ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्