किरात प्रदेश नामकरण गर्न यायोक्खाको ध्यानाकर्षणपत्र

सकारात्मक पहल गर्ने कांग्रेस नेताको आश्वासन

किरात राई यायोक्खाले नेपाली कांग्रेस प्रदेश नं १ को संसदीय दलको नेता राजीव कोइरालालाई भेटेर प्रदेश नं १ को नाम इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा किरात प्रदेश राख्न माग गरेको छ ।

यायोक्खाका अध्यक्ष दिवस राई नेतृत्वको टोलीले आज विराटनगरमा कोइरालालाई भेटेर ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग गरेको हो ।

यायोक्खाका महासचिव जनक राईका अनुसार नेता कोइरालाले किरात प्रदेश नामकरणका लागि पार्टीको तर्फबाट सकारात्मक पहल गरिने बताएका थिए ।

सात प्रदेशमध्ये प्रदेश नं १ को मात्र नामकरण गर्न बाँकी रहेको बेला यायोक्खाले हाल प्रदेशका मुख्यमन्त्री, प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै पहिचानको आधारमा प्रदेशको नामकरण गर्न पहल गरिरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्