बालकोटमा हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालकोटमा पार्टी समाप्त पार्ने षड्यन्त्र भएको दाबी गरेका छन् ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘फागुन १ गते पूरै हाम्रो पार्टीविरुद्ध अस्तित्व समाप्त पार्ने षड्यन्त्र भइराखेको थियो । हामीलाई थाहा हुँदैन र बालकोटमा के के षड्यन्त्र भएको थियो ?’

अध्यक्ष नेपालले षड्यन्त्र चकानाचुर भएर दुई हप्तादेखिकाे षड्यन्त्र एक मिनेटमा चुड्की भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’

अध्यक्ष नेपालले प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई षड्यन्त्र नगर्न सुझावसमेत दिए ।

‘षड्यन्त्र नगर्नुहोस्, बुद्धि सप्रियोस्, धारे हात लगाउने कुरा नगर्नुहोस्, गलत बाटोबाट फर्किनुहोस्’, उनले भने, ‘तर तत्काल फर्कनेवाला हुनुहुन्न, भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।’ गाेरखापत्र अनलाइन

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img