प्रदेश १ काे नाम काेसी उपयुक्त : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले प्रदेश १ काे नाम काेसी राख्नुपर्ने बताएका छन् ।

हिजाे गृह जिल्ला झापामा एमालेनिकट पत्रकारहरुकाे संगठन प्रेस चाैतारीकाे प्रदेश अधिवेशन समाराेहकाे उद्घाटन गर्नै उनले प्रदेशकाे नाम काेसी राख्नुपर्ने बताएका हुन् ।

पहिचानसहितकाे संघीयताकाे विराेधी नेताकाे छबि बनाएका उनले भने, ‘पहिचान, इतिहास र सभ्यताको कुरा गर्ने हो भने कोसी भन्दा उपयुक्त नाम अरु हुन नसक्नु पर्ने हो ।’

सगरमाथा, कञ्चनजंघा, मकालु सबैलाई प्रतिनिधित्व गर्ने नाम कोसी नै भएको उनले बताए ।

नेपालका सात प्रदेशमध्ये प्रदेश १ काे मात्र नामकरण गर्न बाँकी छ । प्रदेश १ लाई सभ्यता, संस्कृति र इतिहासका आधारमा किरात प्रदेश राख्नुपर्ने माग उठिरहेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्