जसपा केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते काठमाडाैंमा

जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आगामी फागुन २९ र ३० गते काठमाडौंको कालिकास्थानको अमृतभोग पार्टी प्यालेसमा हुने भएको छ ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको विधान अधिवेशन लगायत एजेन्डामा छलफल हुनेछ ।

केन्द्रीय समितिको बैठकअघि फागुन २८ गते संघीय परिषद्को बैठक बस्नेछ ।

संघीय परिषद्को बैठक नयाँबानेश्वरकाे थापागाउँस्थित बानेश्वर व्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

जसपाले आगामी असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय गरेकाे छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिले विधान अधिवेशनकाे मिति तोकेको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img