किरात प्रदेश माग्दै धरानदेखि विराटनगरसम्म मोटरसाइकल र्याली

प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्न दबाब दिने उदेश्यले किरात राई यायोक्खाले हिजो प्रदेश १ को धरानदेखि विराटनगरसम्म मोटरसाइकल र्याली निकालेको छ ।

र्यालीमा सहभागी यायोक्खाका अगुवाहरुले विराटनगर पुगेर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

तर, ज्ञापन पत्र भने प्रदेश सरकारको तर्फबाट स्वास्थ्यमन्त्री जयराम यादवले ग्रहण गरेका छन् ।

यायोक्खा सुनसरीले आयोजना गरेको र्याली विराटनगर पुगेपछि कोणसभामा परिणत भएको थियो ।

जसमा यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेली, यायोक्खा सुनसरी जिल्लाका अध्यक्ष राजेन्द्रकुमार राईले सम्बोधन गरेका थिए ।

प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्न यायोक्खाले पटकपटक ज्ञापन पत्र बुझाउने, धर्ना दिने, र्याली निकाल्ने, प्रदेशका मुख्यमन्त्री र काठमाडौंमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्