Monday, November 28, 2022
10.6 C
Diktel

खोटाङकाे हलेसी तुवाचुङमा कांग्रेसलाई हराउन एमाले र माओवादी मिल्ने

एमालेले मेयर र माओवादीले उपमेयर उठाउने

Subtitle

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने तयारी गरेका छन् ।

उक्त नगरपालिकामा नेपाली कांग्रेसको दम्भ र पेलाइ ज्यादा भएपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसलाई हराउने गरी एमाले र माओवादीले चुनावी गठबन्धन गर्ने तयारी गरेका हुन् ।

स्थानीय एक नेताका अनुसार एमालेले मेयर र माओवादीले उपमेयर उठाउने र ११ वटा वडामध्ये एमालेलाई ७ र माओवादीलाई ४ वटा वडा दिएर चुनाव लड्ने छलफल भइरहेको छ ।

एमालेबाट खडेन्द्र राई मेयरमा र माओवादीबाट जीवन राई (संगीन) उपमेयरमा लड्ने कुरा चलिरहेको छ । खगेन्द्र राई यसअघि पनि एमालेबाट मेयरमा लडेका थिए ।

दुई दलका नेताहरुका बिचमा तीन चरणको गोप्य छलफल समेत भइसकेको छ ।

तर, माओवादीका केही नेताले मेयर आफ्नाे पार्टीले पाउनुपर्ने अडान लिएपछि ठोस सहमति हुन नसकेको ती नेताले बताए ।

यसअघिको निर्वाचनमा मेयर र उपमेयर दुवैमा कांग्रेसले जितेको थियो । कांग्रेसले वडा नं १, ४, ६, ८, ९, १० र ११ मा पनि वडाअध्यक्ष जितेको थियो ।

एमालेले वडा नं २, ३ र ५ मा जितेको थियो भने माओवादीले वडा नं ७ मा मात्रै जितेको थियो ।

स्थनीय निर्वाचनबाट नगरपालिकामा कांग्रेसको संगठन बलियो भएपछि एमाले, माओवादी पेलानमा पर्दै आएका थिए ।

नगरपालिकाको विकास निर्माणको योजनादेखि शिक्षक सरुवा, नियुक्ति सबैमा कांग्रेसको एकलौटी चल्दै आएको थियो ।
सरुवा पाउनका लागि कतिपय शिक्षक कांग्रेसमै प्रवेश गरेको ती नेताले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्