एमसीसी पास गरेको भन्दै माओवादी छाडेका नेताहरु फर्किए

संसदबाट एमसीसी पास गरेपछि माओवादी केन्द्र परित्याग गरेका नेताहरु पार्टीमै फर्किएका छन् ।

पार्टी परित्याग गरेका माओवादी केन्द्र महोत्तरीका संयोजक सहित प्रदेशस्तरीय आधा दर्जन नेताहरु पार्टीमै फर्किका हुन् ।

पार्टीले संसदबाट राष्ट्रघाती एमसीसी पास गर्न भूमिका खेलेको भन्दै ती नेताहरु आवेगमा आएर पार्टी परित्याग गरेका थिए ।

पार्टीमा फर्किने नेताहरुमा तुलसी ढुंगाना, रामबहादुर राना, वैद्यनाथ यादव, राजन ढुंगाना, उर्मिला कार्की लगायत छन् । उनीहरुले अब पार्टीमै क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img