Wednesday, November 30, 2022
10.4 C
Diktel

राजनीतिक दलहरुकाे सुझाव अनुसार नै मतपत्रकाे रङ हरियाे : प्रमुख निर्वाचन आयुक्त

Subtitle

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरुकाे सुझाव अनुसार नै मतपत्रकाे रङ हरियाे बनाइएकाे बताएका छन् ।

२०७४ को स्थानीय निर्वाचनको समीक्षाका क्रममा राजनीतिक दल, नागरिक समाज, निर्वाचनमा संलग्न अधिकारी लगायतबाट १४७ बुँदे सुझाव प्राप्त भएकाे र साेही अनुसार मतपत्रकाे रङ हरियाे बनाइएकाे उनकाे भनाइ छ ।

उनले उक्त सुझावकै आधारमा यसपटक उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याइएको पनि बताए ।

गैरसरकारी संस्था महासंघले हिजाे काठमाडाैंमा आयोजना गरेकाे कार्यक्रममा उनले भने, ‘आयोगले एकल निर्णय गरेको होइन । ती सबै सुझावका आधारमा भएको हो । राजनीतिक दलसँग लिखित सुझाव मागेकै हो । यो कसैप्रति लक्षित होइन । यसमा शङ्का लाग्छ, ठीक छैन भने आगामी दिनमा सच्याएर लैजान सकिन्छ । रङका विषयमा पनि त्यही हो ।’

साे क्रममा उनले सैद्धान्तिक रूपमा आचारसंहिता एउटा नैतिक बन्धन भए पनि नेपालको सन्दर्भमा नैतिक र कानुनी बन्धन दुवै भएको स्पष्ट पारे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्