कांग्रेस नेता बान्तावाद्वारा पार्टी परित्यागको घोषणा

स्थानीय तहको निर्वाचनको मुखमा नेपाली कांग्रेस खोटाङ जिल्लाका पूर्वसदस्य तथा पार्टीका क्रियाशिल सदस्य मणी बान्तावाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

जन्तेढुंगा गाउँपालिका वडा नं २ बोपुङ घर भएका बान्तावाले आज एक विज्ञप्ति जारी गरी कांग्रेस परित्याग गरेको जनाएका हुन् ।

बान्तावा किरात पहिचानका पक्षधर हुन् । सामाजिक सञ्जालमा क्रियाशिल भइरहने उनले पार्टीको सम्पूर्ण जिम्मेवारी त्यागेको बताएका छन् ।

उनी केही दिनअघिसम्म पनि कांग्रेसको संगठन निर्माणमा खटिदैथिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img