जहाँ समझदारी हुन्छ त्यहाँ गठबन्धन, जहाँ हुँदैन त्यहाँ मित्रतापूर्ण प्रतिस्पर्धा (अन्तर्वार्ता)

गठबन्धन गर्दा कतिपय ठाउँमा तितो अनुभव पनि भयो

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रतिगामी शक्तिहरु विजयी नबनून् भनेरै स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन गरिएको बताएका छन् ।

‘जनता समाजवादी पार्टी नेपाल, स्थानीय तह निर्वाचन-२०७९ परिचालन मूल समिति’का संयोजक समेत रहेका नेता राईले प्रतिगमनलाई परास्त गर्नुपर्ने समयको आवश्यकताले गठबन्धन गर्नुपरेको बताए ।

आज साल्पा अनलाइनसँग उनले स्थानीय तहमा स्वाभाविक र प्राकृतिक हिसाबले समझदारी भएको ठाउँमा गठबन्धन गरेर जाने र समझदारी हुन नसकेको ठाउँमा गठबन्धनभित्रका दलहरुको बिचमै पनि मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए ।

उनले देशैभर गठबन्धन गर्दा कतिपय ठाउँमा राम्रोसँग गठबन्धन भएको र कतिपयमा आफ्नाे पार्टीलाई उचित सिट नदिएकोले तितो अनुभव भइरहेको पनि बताए ।

सो क्रममा उनले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले आवश्यक ऐन कानुन नै बनाएर प्रदेश र स्थानीय तहलाई पङ्गु बनाउने काम गरेको आरोप लगाए ।

प्रदेश र स्थानीय तहलाई संविधान अनुसार अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई विकास र समृद्धि प्राप्त गर्ने मूल आधार बनाउनुपर्ने बताए ।

बाँकी भिडियाेमाः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img