पार्टी फुटाउने गतिविधि गरे सांसदहरुलाई मोसो दल्ने केन्द्रीय सदस्यकाे चेतावनी

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीका सांसदहरुलाई कार्यकर्ताहरुले कालो मोसो दल्ने समय आउन सक्ने बताएका छन् ।

पार्टी फुटको अवस्थामा रहेको र पार्टीका केही सांसदहरु त्यसमा संलग्न रहेको चर्चा चलिरहेकाे बेला बस्नेतले उक्त चेतावनी दिएका हुन् ।

उनले भने, ‘कहिले कुन रिसोर्टमा पुगेको छ, कहिले कुन होटेलमा पुगेकाे छ । पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी र अवसरको केही सांसदहरुले निर्मम ढंगले दुरुपयोग गरेका छन् । आफ्नो स्वार्थको लागि पार्टीविरुद्ध जे पनि गर्न तयार हुनेहरुलाई फेरि पनि त्यस्तै कार्यमा संलग्न भए भने जहाँ भेट्याे त्यही कालो मोसो दल्नुपर्ने हुन सक्छ ।’

त्यस्ता अनुशासन तोड्ने सांसदहरुलाई त पार्टीले पो कारबाही गर्नु पर्ने हैन भन्ने प्रश्नमा उनले पार्टीले त्यसो गर्ने गरेको भए कालाे माेसाे दल्ने कुरा साेच्नै नपर्ने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. ज स पा नेपालका सम्पूर्ण केन्द्रीय सदस्य ज्युहरुमा अनुराेध छ।पार्टीले कारबाही नगरे कार्यकता र केन्द्रीय नेता राष्ट्रिय समिति,केन्द्रीय परिषद सदस्यहरु मिलेर कालाे माेसाे दल्ने गराै सहमत छ

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img