‘हर्क साम्पाङ र बालेनकाे लोकप्रियतामा लोभिएरै राजनीतिमा आएका हुन् रवि लामिछाने’

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले पत्रकारिता छोडेर राजनीतिमा आएको र अबको निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भगवान चाम्लिङले भने धरान उपमहानगर र काठमाडौं महानगरका नवनिर्वाचित मेयर हर्क साम्पाङ र बालेन साहको लोकप्रियतामा लोभिएरै रवि लामिछाने राजनीतिमा छिरेको टिप्पणी गरेका छन् ।

तर, देशको विकास रवि लामिछाने वा गगन थापा जस्ता नेता आए पनि उनीहरुले नगर्ने चाम्लिङको जिकिर छ ।
उनले इमान्दार समुदायका युवाहरु अघि बढेमात्रै देश बन्ने बताए ।

‘हामीलाई न त गगन थापा जस्तो न त रवि लामिछाने जस्तो युवा नेताको आवश्यक छ,’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘यी दुवै जना नेपाली र नेपालको भूमिलाई आवश्यक छैन । हर्क साम्पाङ र बालेन साहको लोकप्रियताले यिनीहरु आत्तिएका छन्, लोभिएका छन्, भित्रभित्रै जलेका छन् ।’

भोलिका दिनमा प्रधानमन्त्री नै भइएला कि भनेर रवि लामिछाने हौसिएको उनको टिप्पणी छ । उनले देश विकास गर्ने युवा नेतृत्व खोज्ने हो भने पहिला उसको नश्ल र संस्कृति हेर्नुपर्ने बताए ।

यसअघि बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार रविन्द्र मिश्र पनि पत्रकारिता छोडेर राजनीतिमा आएका हुन् ।

उनी वैकल्पिक राजनीति गर्ने भन्दै आएको भए पनि अन्ततः उनले राजतन्त्र र हिन्दुराज्यलाई एजेन्डा बनाएका छन् ।

हाल उनी राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा प्रवेश गर्ने तयारी गरिरहेको सुनिएको छ । सुरुमा राजनीतिमा छिर्दा मिश्रसँग धेरैले आशा गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. नेपालका पार्टि हरुले पार्टिमा वरियता क्रम भंग किन गर्छन् जब अन्य विधाबाट आयर लगानि न भुक्तानि डाईरेक्ट केन्द्रिय लेवलको वरियतामा राखेर मन्त्रीको लाईन रे

    अनि सदियौ वाडबाट नगर नगरबाट जिल्ला जिल्लाबाट बल्ल तल्ल केन्द्र तिर संसद मन्त्रि त कहिले हो हो

    तर यी मौकामा चौका हान्ने भातमारा हरु साचै राजनिति गर्छन् भने वाडबाट लडेर माथि आउ भन्नु पर्दैन हॅं?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img