बालेन र हर्कलाई पार्टीमा ल्याउन प्रयास गर्छौंः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा बाेल्दै उनले, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’

साह र साम्पाङ मेयरमा निर्वाचित भएपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी हुन बाकी रहेकाे उनले बताए ।

‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनले भने, ‘उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’

उनले साह र साम्पाङलाई असफल हुने सुविधा नभएको पनि बताए ।

उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’

राजनीतिबाट आएका मान्छेबाट मात्र सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने लामिछानेकाे भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्