पार्टीमा वैचारिक बेमेल छैन, आन्तरिक समस्या छिट्टै तीनजनै बसेर मिलाउँछौं : वरिष्ठ नेता राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टीको आन्तरिक समस्याबारे आफूले पार्टीका दुवै अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटेर छलफल गरेको बताएका छन् ।

उनले पार्टीभित्र वैचारिक रुपमा बेमेल नभएको तर अन्य समस्या समाधान गर्नका लागि छिट्टै तिनजनै बसेर समाधान निकाल्ने आश्वासन दिएका छन् ।

पार्टीभित्र देखिएको समस्या समाधानका लागि भूमिका खेल्न आग्रह गर्दै आइतबार केही केन्द्रीय सदस्य लगायतका नेताहरुले वरिष्ठ नेता राईलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएपछि उनले सो कुरा बताएका हुन् ।

सो क्रममा उनले आफू अध्यक्ष बन्नका लागि असमर्थ नरहेको तर उत्पीडित समुदायको मुक्ति, शान्ति र संमृद्धिसँगै पहिचान स्थापित गराउनका लागि मात्रै लागि परिरहेको बताएका थिए ।

‘मलाई बहुमतबाट अध्यक्ष हुनु छैन । तर त्यसको अर्थ अध्यक्ष बन्न असमर्थ चाहिँ होइन,’ नेता राईको भनाइ उल्लेख गर्दै जसपाका संघीय परिषद् सदस्य धनबहादुर तामाङले भने, ‘नेतृत्वगणबाट उत्पीडित समुदायको मुक्ति, शान्ति र संमृद्धिसँगै पहिचान स्थापित गराउने गन्तव्य विचार दर्शनबाट दायाँबाया हुनुभएन ।’

नेता राईले डा. भट्टराईले आन्तरिक विषयमा हस्ताक्षर अभियान चलाउनु गलत रहेको पनि बताएका थिए ।

उनले भने, ‘अब हामी तिन जनाको बिचमा संयुक्त छलफल हुन्छ । वैचारिक रुपमा खासै बेमेल छैन, छिट्टै आन्तरिक समस्याको समाधान हुन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्