जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको विवादले पार्टी फुट्ने निश्चित भइसकेको छ ।

दुवै अध्यक्षले एक्लाएक्लै केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै नेताले एकैदिन आगामी असार २९ र ३० गते बैठक बोलाएका हुन् ।

बैठकमा कसको बहुमत पुग्छ ? भन्ने अहिले नै भनिहाल्ने स्थिति छैन । तर, बहुमत यादव पक्षलाई हुनेछ भनी अनुमान लगाउन सकिन्छ ।

यसैबीच जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले यादव पक्षको प्रेस नोट फेसबुकबाट सेयर गर्दै आफ्नो लाइन प्रष्ट पारेका छन् ।

नेता चेम्जोङले आज केन्द्रीय समितिको बैठकको मिति संशोधन गरिएको प्रेस नोट सेयर गर्दै भनेका छन्, ‘सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरु, पार्टीको केन्द्रीय बैठकको मिति संशोधन गरिएको जानकारी गराउँदछु ।’

उक्त प्रेस नोट जसपा कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेका हुन् ।

पहिले आगामी असार २८ र २९ गते बैठक गर्ने भनिए पनि उक्त दिन मुस्लिम समुदायको चाड बकर इद पर्न गएकोले २९ र ३० गतेका लागि बैठक सारिएको हो ।

उक्त बैठक मधेस प्रदेशको वीरगन्जमा हुनेछ । यता भट्टराई पक्षको बैठक भने काठमाडौंमै हुनेछ ।

Please enter your comment!
Please enter your name here