किरात राई यायोक्खाकाे ११औं राष्ट्रिय महाधिवेशनमा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यायाेक्खाकाे ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज ८ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनकाे उद्घाटन काठमाडाैंकाे राष्ट्रिय सभागृहमा बन्दसत्र भक्तपुरको बोडेमा हुँदैछ ।
खाम्बातिमको केन्द्रीय सभा तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष राईले उक्त महाधिवेशनमा अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
खाम्बातिमकाे केन्द्रीय सभा इलामको सूर्योदय नगरपालिका–८ मा गत भदौ २५ र २६ गते भएकाे हाे ।




