साेनाम सज्जन किराती
भूतपूर्व डिकुवा गाविस अध्यक्ष लालकेशर राईकाे भनाइमा वडा कार्यालय बनाउन जग्गा उपलब्ध गराउने सूचना भनेको याे नाटकको रुपमा आएको र जनता जुझाएर फेरि वडा कार्यालय स्थापनामा समस्या पैदा गराउन खाेजिएकाे दावी केही समय अगाडिको एक सम्वादमा याे धारणा सार्वजनिक गर्नुभएकाे थियाे ।
तर पनि हामीले चनाखो भएर विवादहरु सल्टाउनतिर जाेड गर्नुपर्छ । त्याे कुरामा डिकुवावासी समुदाय सचेत रहनुपर्ने सुझाव दिनुभएको थियो । डिकुवाकाे वडा कार्यालय बनाउन नगरपालिकाको भूमिका कस्तो छ ? भनेर उपप्रमुख रमेश कुमार राउतसँगकाे एक सम्वादमा उनले भने-साेनामजी हाम्रो पहिलेको ११ गाविस अहिलेकाे ११ वडापालिकामा रुपान्तरित गरिएको छ ।
एउटा वडा धितुङ बाहेक दश वडा कार्यालयकाे आफ्नै भवन बन्न बाँकी छ । याे वर्षको केन्द्रीय बजेट दश वडापालिकाकाे कार्यालय निर्माणकाे निम्ति बजेट ब्याबस्था भएको हुनाले डिकुवा अर्थात हलेसी तुवाचुङ नगरपालिकाकाे २ नम्बर वडाकाे भवन निर्माण विषयलाई नगरपालिकाले सबभन्दा पहिलो प्राथमिकतामा राखेको छ ।
वडाकाे नाममा जग्गा उपलब्ध हुने बित्तिकै कार्यलय भवन निर्माण कार्यकाे कामहरु सुचारु हुन्छ । जसकाे लागि वडा कार्यपालिकालाई जग्गा उपलब्ध भएको जग्गाको कागजात उपलब्ध गराउन निर्देशन भइसकेकाे बताए ।
यता जग्गा वडाकाे नाममा उपलब्ध गराउन २०७९ भाद्र २१ देखि २८ सम्मकाे समयअबधि अनुसार वडा कार्यालयले वडाकाे पायक साविक गाविसकाे वडा नं ४ र ५ भित्रकाे ९ स्थानमा निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुकाे निबेदन वडा कार्यालयमा दर्ता भएको वडासचिव नारायण आचार्यले जानकारी दिए ।
तत्पश्चात दुई पटक वडा कार्यासमितिको बैठक बसे पनि जग्गादाताहरूको जग्गा छनाेट अबलोकन समिति नबनेको तत्काल याे समिति वडाअध्यक्ष वा अधिकार प्रदत्त वडासदस्यकाे नेतृत्वमा जग्गा अवलोकन छनाेट समिति गठन गरी उपयुक्त जग्गा निवेदककाे आधारमा छनाेट गर्नुपर्ने हाे । यहाँ राजनीति घुसाएर फेरि वडा कार्यालय दाम्लीमा नबनाेस् भन्ने वडाअध्यक्ष देवेन्द्र राईकाे हुन सक्ने स्थानीय कांग्रेस नेता हरिकुमार राई बताउँछन् । उनले भनेका छन्- म याे विषयमा एक्लै बिराेध गरिरहेकाे छु ।
याे सार्वजनिक चासोको विषयमा बिबाद निम्त्याउने भन्दा पनि जग्गादाताहरुले नै उपयुक्त जग्गा याे कित्ता नम्बरको हाे भनी सहमतिमा त्यो जग्गा उपलब्ध गराउदा राम्रो हुन्छ भन्नुहुन्छ भूतपूर्व श्री दाम्ली माविका प्रधानध्यापक अमृत राई ।
उधमी एवम् युवा राजनीतिज्ञ मिलन किरातीकाअनुसार जग्गादाता जाे सबैलाई सम्मान गर्दै सडक विद्धुत, शिक्षा र स्वास्थ्यसँग वडा कार्यालय नजिक पर्ने जुनसुकै जग्गा हाेस् । त्यो जग्गाको बिकल्प नगई वडा कार्यालयले जग्गा लिँदा असाध्यै मननयाेग्य हुने बताउँनुहुन्छ । वडा कार्यालय रहने जग्गा कम्तीमा सडक र विधुतकाे सुविधा पुगेकाे हुनुपर्ने दावी इन्जिनियर दिनविनाेद खड्काले बताए ।
यदि याे आधारभूत मापदण्ड मान्ने हाे भने डिकुवाकाे स्वास्थ्य भवन बनाउन दिइएकाे ७ राेपनी जग्गासँगै जाेडिएकाे जग्गा धनसुन्दर राई र उनका छाेराहरु प्रेमसुन्दर राई चिरञ्जीवी राई र सराेज राईकाे भागमा परेको जग्गा छनाेट समितिले छनाेट गरी वडा कार्यालयकाे भवन बनाउन जग्गा लिँदा फरक नपर्ने देखिन्छ । यसरी जग्गाको उपलब्धतामा समेत राजनीति घुसाउने काम कही कतैबाट भयो भने हाम्रो डिकुवाकाे वडा कार्यालय विबादले वडा नै नरहने जिम्माकाे भागेदार बन्नुपर्ने देखिन्छ । यसप्रति सबै हलेसी तुवाचुङ-२ बासी जनसमुदायको पहल रहाेस् ।