खोटाङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । खाेटाङकाे केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको हो ।
सोमबार साँझ स्थानीय व्यवसायी दीपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो ।
बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए ।
आगलागीमा व्यपार व्यवसाय सञ्चालन हुँदै आएका घरहरु जलेका हुन् ।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।
