काठमाडौं । सरकारले पृथ्वीजयन्तीको विरोध गर्नेहरुलाई पक्राउ गरेको छ ।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणकर्ता भन्दै सरकारले राजावादी दलहरुलाई खुसी पार्न पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेपछि बुधबार आदिवासी जनजाति तथा खस आर्य समुदायका वामपन्थीहरुले काठमाडौंमा विरोध गरेका थिए ।
प्रहरीले बालराम तिमल्सिनासहित १८ जनालाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

