गाउँमै विद्यार्थी टिकाउन अक्षय कोष स्थापना

धादिङको त्रिपुरासुन्दरी-६ गोलाङमा रहेको भीमोदय माध्यमिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउनका लागि १० लाखको अक्षय कोष स्थापना गरेको छ ।

गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्व. पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे-२०८०’ अक्षय कोष स्थापना गरिदिएका हुन् ।

जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइ राख्ने उद्देश्यले केही रकम छुट्याएर कोषमा स्थापना गरेको उनले बताए ।

“विद्यार्थी भाइबहिनीहरू गाउँ छोडेर अन्यत्र जानुपर्नेस्थिति अहिले देखिएको छ । घर आँगनकै विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरेर उनीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरेको हुँ”, एनआरएन अमेरिकाको सहकोषाध्यक्षसमेत रहेका पाण्डेले भने, “विद्यालय स्थापनाका लागि बुबाको भूमिका अहम् थियो । यो कोष उहाँको सम्मानका लागि पनि हो ।”

आफू देश बाहिर भए पनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त सहयोग गरिएको पाण्डेको भनाइ थियो ।

कोषका लागि दश लाखको चेक हस्तान्तरण गर्न पाण्डेकी श्रीमती इन्दिरा सिम्खडा, आमा र दाजु गोलाङ पुगेका थिए ।

उनीहरूलाई विद्यालयका शिक्षकले स्वागत गरेका थिए ।

विद्यालयमा अक्षय कोष स्थापना भएसँगै आर्थिक अवस्था कमजोर भएर पढाई छोड्नुपर्ने बाध्यता भएका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता हुने भएपछि विद्यालयका शिक्षकको भनाइ थियो । रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्