सरकारी जागिर खान चाहने आदिवासी जनजाति विद्यार्थीहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शाखा अधिकृत र नायव सुब्बामा भिड्न चाहनेहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको छ ।
जसका लागि प्रतिष्ठानले गत असोज २९ गते दर्खास्त दिनका लागि विज्ञापन निकालेको थियाे ।
इच्छुक व्यक्तिहरुले आगामी कात्तिक १९ गते भित्र प्रतिष्ठानकाे वेभसाइटमा गएर फारम भर्नु पर्नेछ ।
दर्खास्त दिएकाहरुको परीक्षाबाट छनोट गरिने छ ।
छनोट भएकाहरुलाई निःशुल्क लोकसेवा तयारी कक्षामा राखिने छ ।
यसबारे थप जानकारीका लागि प्रतिष्ठानको वेभसाइट हेर्न तथा मोबाइल नं ९८४१३३९७८९ मा सम्पर्क गर्न सकिने छ ।