नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् ।
न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिबार विराटनगरमा विचोमन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुपर्ने बताए ।
उनले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जाेड दिए ।
उनले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्यमा संवेदनशील भएर काम गर्नुपर्ने बताए ।