पीडित अनमी तुलसाकुमारी विक ।

मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै जनाविरुद्ध आजै जाहेरी दर्ता भएको प्रहरी कार्यालय मुगुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।

जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए । पक्राउ परेकामा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा रहेको बताइएको छ ।