मुक्कुमलुङको प्राकृतिक स्वरुप नबिग्रिने गरी केबलकार बनाउनुपर्छ

नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले मुक्कुमलुङ (पाथीभरा)को प्राकृतिक स्वरुप र पर्यावरण नबिग्रिने गरी त्यहाँ केबलकार निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

मुक्कुमलुङमा केबलकार निर्माण गरी महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले स्थानीय जनताको लगानी र प्रतिफलको सुनिश्चित हुने गरी तथा रोजगारी र राजस्व समेत पारदर्शिता हुने गरी केबलकार निर्माण गर्नुपर्ने आफ्नाे धारणा रहेको सामाजिक सञ्जालबाट बताएका छन् ।

मुक्कुमलुङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक मान्यता र स्थानीय जनताको भावना सम्बोधन गरेर केबलकार निर्माण गर्नुपर्ने उनकाे भनाइ हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्