मुक्कुमलुङ (पाथीभरा) मा केबलकार बनाउने योजनाविरुद्ध सोमबार (माघ १५ गते) विरोधसभा गरिने भएको छ ।
विरोधसभा ताप्लेजुङको फुङलिङमा गरिने छ ।
मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी केबलकार विरुद्ध प्रदर्शन गर्ने जनाएका हुन् ।
मुक्कुमलुङलाई व्यापारीकरण गरी अकुत सम्पति कमाउने ध्येयका साथ दलाल पुँजीपति व्यापारी लागिरहेको र त्यसलाई सरकारले पनि साथ दिइरहेको आफूहरुलाई आभाष भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत उक्त विरोधसभामा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतासँग अपिल पनि गरिएको छ ।