हलेसी तुवाचुङका कृषकले तरकारी जति फलाए पनि तुरुन्तै बेच्न पाउने

हलेसी बजारमा चिस्यान केन्द्र सञ्चालन

खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाका कृषकले अब आफूले उत्पादन गरेका कृषिउपज सजिलै बिक्री गर्न पाउने भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले कृषकले उत्पादन गरेका तरकारी तथा कृषिउपजको मूल्य समेत निर्धारण गरी आइतबारदेखि हलेसी एग्रोमार्ट सञ्चालन गरेको छ ।

अब स्थानीय किसानले आफूले उत्पादन गरेका तरकारी जुनसुकै बेला पनि तोकिएको मूल्यमा बेच्न पाउने छन् ।

नगरपालिकाले गत आर्थिक वर्ष छुट्याएकाे १८ लाख ४४ हजार र चालु आर्थिक वर्षकाे १९ लाख ९४ हजारकाे लगानीमा चिस्यान केन्द्र र कृषिमार्ट भवन निर्माण गरेको हो ।

नगरपालिकाले कृषिमार्ट भवनमा निजी क्षेत्रलाई मार्ट सञ्चालन गर्ने अनुमति दिएकाे छ ।

आइतबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, कृषक र सरोकारवालाहरुकाे उपस्थितिमा नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले हलेसी एग्रोमार्टकाे उद्घाटन गरे ।

कार्यक्रममा कृषकहरु आलु, प्याज, कोभी, बन्दा, मुला, काक्रोलगायत आफूले उत्पादन गरेकाे सामानसहित उपस्थित भएका थिए ।

नगरपालिकाले केही दिनअघि नगरक्षेत्रका कृषक र होटल व्यवसायीहरुसँग छलफल गरेर तरकारीको मूल्य निर्धारण गरेको थियो ।

उक्त मूल्य समय अनुसार परिमार्जन गरिने छ ।

कार्यक्रममा नगरप्रमुख राईले विगतमा जस्ताे कृषकका उत्पादनहरु बिक्री नहुने र उचित मूल्य नपाउने समस्या अब समाधान भएको बताइन् ।

कृषिमार्ट सञ्चालकले कृषकबाट लिएकाे सामानमा २० प्रतिशत मात्र नाफा खाएर बेच्न पाउने छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img