प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ले २०५१ सालदेखि सुरु भएको गाईघाट-दिक्तेल सडक निर्माण कार्य अझै पनि पूरा नभएको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
खोटाङलाई उदयपुरको गाईघाट हुँदै तराईसँग जोड्ने उक्त सडक अहिले लथालिङ्ग भएको उनले बताए ।
बिहीबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै उनले नयाँ गठबन्धन सरकारलाई बधाई दिँदै उक्त सडकबारे ध्यानाकर्षण गराएका हुन् ।
सो क्रममा उनले मध्येपहाडी लोकमार्ग अन्तर्गत खोटाङ-भोजपुर सडककाे १० किलोमिटर खण्ड पनि अवरुद्ध रहेको जानकारी गराए ।
नेकपा माओवादी केन्द्रका नेता रहेका सांसद राई खाेटाङबाट निर्वाचित हुन् ।