जनता समाजवादी पार्टी नेपालका नेता रकम चेम्जोङले एमाले-कांग्रेसले गर्ने प्रतिगमनकाे सामना गर्न अग्रगामी शक्तिहरुले आजैदेखि तयारी गर्नुपर्ने बताएका छन् ।
एमाले-कांग्रेसको बिचमा भएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि रहेको र उनीहरुले प्रतिगमन हुने गरी संविधान संशोधन गर्न सक्ने भन्दै सोको विरुद्धमा लड्न आजैदेखि तयार गर्नुपर्ने चेम्जोङकाे भनाइ छ ।
‘एमाले-कांग्रेसले सम्झौता गरेको सातबुँदे सहमतिपत्रको एउटा बुँदामा संविधान संशोधनको विषय पनि छ । वर्तमान संविधानका उपलब्धि भन्दा अगाडि एमाले र कांग्रेस जान्छन् भन्ने विश्वास गर्न पटक्कै सकिन्न,’ फेसबुकबाट उनले भनेका छन्, ‘त्यसैले आगामी दिनमा अग्रगामी शक्तिहरुका लागि चुनौतीपूर्ण हुनेछ र त्यसको सामना गर्न आजैदेखि तयारी गर्नुपर्छ ।’