मुक्कुमलुङमा सरकारले काटेका रुखहरु प्रिन्टमा दस्तावेजीकरण

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै स्थानीय लिम्बू (याक्थुङ) समुदायले आन्दोलन गरिरहेका छन् ।

केबलकार बनाउने नाममा हजारौं रुखहरु काटेर मुक्कुमलुङको प्राकृतिक सौन्दर्यता बिगार्ने, व्यापारीकरण गर्ने र धार्मिक अतिक्रमण गर्ने काम गर्नहुन्न भन्ने आन्दोलनकारीहरुको तर्क छ ।

हालै यसै सन्दर्भमा कलाकार सुबास तामाङले मुक्कुमलुङ क्षेत्रमा सरकारले काटेका रुखहरुलाई प्रिन्टमार्फत दस्तवेजीकरण गर्ने कार्य गरेका छन् ।

उनले मुक्कुमलुङमै पुगेर ती रुखहरुको प्रिन्ट नेपाली कागजमा उतारेका छन् ।

सरकारले स्थानीयकाे विरोध हुँदा-हुँदै केही महिना अघि रातिकाे समय पारेर केबलकार बनाउन कैयौं रुखहरु काटेका थिए । रुख काट्ने काममा सशस्त्र प्रहरीहरु खटाइएकाे थियाे ।

तस्बिरहरुः गोविन्द छन्त्यालकाे फेसबुकबाट ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्