धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालबाट पटक पटक नयाँ राजनीतिक दल खोल्ने बताउँदै आउनुभएको छ ।
तर, पार्टी खोले पनि उहाँको शैलीले कसरी चल्छ त ? भन्ने प्रश्न आमरुपमै रहेको छ ।
एउटा कोणबाट हेर्दा हामी धेरै भावुक पनि छौं । यथार्थ बिर्सेर वा नबुझेर भावनामा बगेर पछि पछुताउने पनि गरेका छौं ।
हर्क साम्पाङका गुण र अवगुण दुवै छन् । यो एउटा मानवीय विशेषता पनि हो ।
गुण र अवगुणका हिसाबमा वा वस्तुगत रुपमा उहाँले गरेका निर्णय र कामहरुको समर्थन र विरोध हुनु स्वाभाविक छ ।
तर राम्रा नेतामा हुनुपर्ने गुण चाहिँ श्रम, इमान्दारिता र राष्ट्रप्रेम मात्रै चाहिँ होइन ।
विनम्रता, सामूहिकता, सहनशिलता पनि हो । अरु पनि थुप्रै छन् ।
मेयर साम्पाङमा सामूहिकता र सहनशिलताको कमी छ । उहाँको कार्यशैलीबाट यो अनुमान गर्न सकिन्छ ।
अहिले उहाँ सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि फन्ड जुटाउने शुभ अभियानमा युकेका नेपालीहरुमाँझ पुग्नुभएको छ ।
युके जानुअघि काठमाडौंमा हामीले उहाँलाई एउटा होटलमा आकस्मिक रुपमा भेट्यौं र उहाँले कस्तो पार्टी खोल्न लाग्नुभएको हो ? कुन वैचारिक सैद्धान्तिक धरातलमा बन्छ नयाँ पार्टी ? भन्ने प्रश्न राख्यौं ।
हाम्रो प्रश्नको स्पष्ट जवाफ नदिए पनि उहाँले एउटै कुरा जोड गरिरहनुभो श्रम संस्कृतिको । उहाँले माटोमा काम गर्नेहरु नै पार्टीको नेता हुने बताउनुभो ।
यसबारे उहाँसँग पूर्व तयारीका साथ उपयुक्त लोकेशन र समयमा अन्तर्वार्ता गर्नुपर्ने थियो, जुन अवसर जुटे हामी पछि गर्नेछौं ।
तर, हामीले अचानक नै केही प्रश्न सोध्यौं ।
प्रस्तुत छ उक्त अन्तर्वार्ताः