चैतमा पाक्ने काफल पुसमै पाक्याे

चैतमा पाक्ने काफल पुसमै पाकेकाे छ । दाङस्थित तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुसमै पाकेको हाे ।

विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो ।

“गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?“, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने ।

यहाँ पुसको तेस्रो हप्तादेखि नै काफल पाक्न थालेको हो ।

जलवायु परिबर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले बताए ।

उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको हाे ।

“यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उनले भने, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ ।

बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनकाे भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्