धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको प्रस्तावित श्रम संस्कृति पार्टीको खोटाङ–काठमाडौं सम्पर्क समिति नवराज राई (साकेला गाउँपालिका)को अध्यक्षतामा गठन गरिएको छ।
मंगलबार ललितपुरको गोदावरी नगरपालिका–१२, थेचोमा आयोजित भेलाले समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा बलभद्र राई (ऐसेलुखर्क गाउँपालिका), सचिवमा चन्द्रश्याम राई (केपिलासगढी गाउँपालिका), सहसचिवमा केशर पुरी (ऐसेलुखर्क गाउँपालिका), कोषाध्यक्षमा मणिराज राई (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) र सहकोषाध्यक्षमा प्रमेश राई (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) चयन भएका छन्।
सम्पर्क समिति २१ सदस्यीय रहेको छ।

कार्यक्रममा श्रम संस्कृति पार्टीका नेता आरेन राई, खोटाङ जिल्ला सल्लाहकार प्रकाश दुमी राई, खोटाङ जिल्ला संयोजक प्रताप राई र शुभचिन्तक डा. केके राईको उपस्थिति रहेको थियो।
श्रम संस्कृति पार्टी हाल निर्वाचन आयोगमा दर्ताकाे प्रक्रियामा रहेकाे छ। यस पार्टीकाे चुनाव चिन्ह माटाे राख्न प्रस्ताव गरिएकाे छ भने सिद्धान्त तथा घाेषणापत्र प्रष्ट खुलेकाे छैन।



