जेनजी विद्रोहपछि जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक गर्ने भएकाे छ।
बैठक यही कात्तिक १९ र २० गते पार्टी केन्द्रीय कार्यालय, ग्वार्को ललितपुरमा बस्नेछ।
जेनजी विद्रोहपछिका राजनीतिक घटनाक्रमका सम्बन्धमा आगामी नीति तय गर्न बैठक बोलाइएको हो।
गत सेप्टेम्बर ८ र ९ मा देशभर जेनजी विद्रोह र विध्वंस मच्चिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ।
तर तोकिएको समयमा निर्वाचन नहुने र देशमा थप राजनीतिक अस्थिरता सिर्जना हुने अनुमान गरिएको छ।




