उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले पार्टी परित्याग गरेका छन्।

ओखलढुंगाका गुरुङले जसपा नेपालको केन्द्रीय सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।

२०६९ सालमा अशोक राई समूहले एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी नेपाल गठन गर्दा उनी पनि सो पार्टीमा सहभागी भएका थिए।

पछिल्लो समय जसपा नेपाल विभाजन हुँदा उनी उपेन्द्र यादवको पक्षमा उभिएका थिए।