नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो घोषणा गरेका हुन्।
महामन्त्री शर्माका अनुसार उनले यसअघि नै झापा–१ मा आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेका छन्।
‘हिजो पुस ९ गते झापा पुगेको थिएँ। को उम्मेदवार बन्ने हो, दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामै आग्रह गरेको छु,’ उनले भने।
उनले एक वर्षअघि २०८१ पुस २१ गते मेचिनगर नगरपालिका–धुलाबारीस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा पनि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको स्मरण गरे।
उनले भनेका थिए, ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म २०८४ मा उम्मेदवार बन्न इच्छुक छैन।’


