नयाँ रास्वपालाई शुभकामना, म नयाँ राजनीतिमै छु: सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी सुमना श्रेष्ठले आफू नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीमा जनताबीच रहेको बताएकी छन्।

पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्, ‘मेरो राजनीतिक यात्राबारे मलाई सोधेर भन्दा अनुमानका भरमा समाचार र धारणा नबनाइदिनुहोला। म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनतामाझ थिएँ र अनवरत छु। दल, चिन्ह, पद, भूमिका सबै अस्थायी हुन्; जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो। मप्रति देखाउनुभएको चासो र चिन्ताका लागि धन्यवाद।’

उनले नयाँ रास्वपालाई शुभकामना पनि दिएकी छन्।

उनले भनिन्, ‘नयाँ रास्वपामा नयाँ–पुराना साथीहरूले अहिले उठाउनुभएको प्रश्नहरूमा अहिलेको नेतृत्वले सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ।’

साल्पा अनलाइनका फेसबुक रिलहरू पनि हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img