ललितपुर। नेपाल राष्ट्रिय जागरण अभियान जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएको छ।
शुक्रबार ललितपुरको ग्वार्कोस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष अशोक राई र जागरण अभियानका वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार परियारबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति अनुसार जागरण अभियानले उठाउँदै आएको शिल्पी समुदायको पहिचानसम्बन्धी मुद्दालाई राज्यका सबै तहमा स्थापित गर्ने तथा संविधान र कानुनमा समेत समावेश गराउन पहल गर्ने उल्लेख गरिएको छ।



