नेपालमा फेरि तीब्र गतिमा काेराेना भाइरस बढ्न थालेकाे छ । पछिल्लाे २४ घन्टामा मात्र थप १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०६ पुगेको छ ।

यस्तै सोमबार २५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ८५५ सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर तथा २ हजार ४६४ एन्टिजेन परीक्षण भएको छ ।