काेराेना महामारीकाे तेस्राे लहर : सिनेमा हल र जिम बन्द गर्ने सरकारको निर्णय

कोरोना महामारीकाे तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गरिएकाे बताए ।

कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको उनकाे भनाइ छ ।

बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाड गर्ने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार विभिन्न विद्युत आयोजनाको क्षतिपूर्ति निर्धारणका निम्ति समिति गठन गर्ने निर्णय समेत गरेकाे छ ।

प्रवक्ता कार्कीका अनुसार नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाड गर्ने, मेवा चाँगे र केराबारी न्यु मस्र्यादी १३२ केबी प्रशारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, बुढीगंगा जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्न प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने, पाल्पा २२० केबी सवस्टेशन आयोजनाका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, खोग्ले बेसी गोरखा, ३३ केबी प्रशारण लाइन तथा सव स्टेनशनका लागि अधिकारी तोक्नेलगायत निर्णय गरेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img