प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त अध्ययनबिनै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने र नेतृत्व गर्ने प्रवृत्ति बढेकोमा चिन्ता राख्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।
उनले पर्याप्त अध्ययन, अनुसन्धान र खोजी नेपाली मिडिया क्षेत्रमा हुन नसकेकाले पछिल्लो समय काउन्सिल यसतर्फ क्रियाशील बनेको जानकारी दिए ।
पत्रकारिता अध्ययन गर्दै गरेका विद्यार्थी संलग्न कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘प्रेस काउन्सिलले मिडियाको अध्ययन, प्रशिक्षण बढाउन विभिन्न योजना अघि बढाएको छ । सरकारले यसको लागि स्रोत/साधन जुटाइदिन कन्ज्युस्याईं गर्नुभएन । मिडियाको प्रवर्द्धनमा भएको लगानीले सिङ्गो प्रेस जगतलाई नै फाइदा हुन्छ ।’
प्रेस काउन्सिल नेपाल र ख्वप कलेज भक्तपुरका पत्रकारिता बिए दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीसँग पत्रकार आचारसंहिता सम्बन्धी काउन्सिलमा भएको अन्तरक्रियामा अध्यक्ष बस्नेतले यस्तो धारणा राखेका हुन् ।
उनले आचारसंहिता, नक्कली र सक्कली पत्रकारबिचको भिन्नता, ‘कोड अफ कण्डक्ट’ र ‘कोड अफ इथिक्स’बारे जानकारी दिए ।
उनले आचारसंहिता, नक्कली र सक्कली पत्रकारबिचको भिन्नता, ‘कोड अफ कण्डक्ट’ र ‘कोड अफ इथिक्स’बारे जानकारी दिए ।
उनले पत्रकारिता पढेकोमा खुसी व्यक्त गर्दै यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन सुझाव दिए ।
प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिलको काम, कर्तव्य, अधिकार, गठन प्रक्रिया, संरचना तथा पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराए ।
उनले दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको सङ्ख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो कारबाहीका साथै स्वअनुगमनबारे जानकारी दिए ।
बोहराले काउन्सिलको मुख्य काम पत्रकारको नीति नियम बनाउने, पत्रकार आचारसंहिता जारी गर्ने, पत्रकारिताको विकासको निम्ति सरकारलाई आवश्यक सल्लाह दिने भएको बताए ।
शिक्षक कृष्ण किसीले पत्रकारलाई आचारसंहितामा रही कर्तव्य निर्वाह गराउन काउन्सिलले चालेका कदम र पत्रपत्रिका वर्गीकरणको आधारबारे जिज्ञासा राखेका थिए ।
शिक्षक तथा विद्यार्थीको जिज्ञासाबारे जानकारी दिदै बोहराले पत्रकारहरूले बारम्बार गल्ती गरेमा प्रेस पास निलम्बन गर्ने, कालोसूचीमा राख्ने, सरकारबाट पाउने सुविधा रोक्नका लागि सम्बन्धित निकायमा पत्र पठाउने लगायतका कार्य गरिने बताए । प्रेस काउन्सिल नेपाल